Section 3
कार्यान्वयन तथा सुपरिवेक्षण

(१) यो ऐन लागू गर्ने र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी मन्त्रालयको हुनेछ ।
(२) यो ऐनको कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले आवश्यकतानुसार अन्य मन्त्रालयहरुको सहयोग लिनेछ ।
(३) यो ऐन कार्यान्वयन गर्ने प्रयोजनको लागि मन्त्रालयको काम र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) यो ऐन कार्यान्वयन गर्न नियमहरु जारी गर्ने,
(ख) यो ऐन र यस ऐन अन्तर्गत जारी भएको नियमका प्रावधानहरुको कार्यान्वयन तथा पूर्ण पालन निश्चित गर्न सरकारी तथा गैर सरकारी निकायहरुसंग परामर्श गर्ने,
(ग) यो ऐन लागू गराउने,
(घ) यो ऐनको उद्देश्य प्राप्त गर्न आवश्यक वा सम्बन्धित यस्तै अन्य काम गर्ने ।